वातावरण

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमानअनुसार देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

मंगलबार साँझ जारी आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार आज राति तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

भोलि दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

यसैबीच, देशका हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमानमा उल्लेख छ।

मौसम विश्लेषणअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले केही क्षेत्रमा बदली तथा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको हो।

गाउँ सहर संवाददाता

तपाईँको मत