आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- गाउँ सहर संवाददाता
- ७ कार्तिक शनिबार, २०८३ | १८:४०:०० मा प्रकाशित
काठमाडौँ। आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने भएको छ। कोशी, गण्डकीसहित विभिन्न प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
आइतबार देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। यस दिन कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, सोमबार हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने तथा कोशी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। मङ्गलबार र बुधबार भने देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। यी दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैबीच, तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने सम्भावना छ। हुस्सु र कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने भएकाले यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आगामी तीन दिन तथा कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन। यद्यपि, मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना र पूर्वानुमानबारे जानकारी लिन महाशाखाले अनुरोध गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस