पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- गाउँ सहर संवाददाता
- १ मङ्सिर मंगलबार, २०८३ | ०८:४३:०० मा प्रकाशित
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
हाल देशका हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । तराईका साथै उपत्यका र खोँचका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ ।
राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
- सरकारलाई सबैभन्दा धेरै कर तिर्ने यी १९ करदाता
- एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने
- मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य
- एनपीएलको फाइनल पुग्न चार टोलीबीच प्रतिस्पर्धा
- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व सम्पन्न हुँदै
- केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
प्रतिकृया दिनुहोस