केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- गाउँ सहर संवाददाता
- ३० कार्तिक सोमबार, २०८३ | ०६:३६:०० मा प्रकाशित
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
विभागका अनुसार दिउँसो कोसी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
कोसी प्रदेशको हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
त्यस्तै, राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
रातिको समयमा कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने
- मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य
- एनपीएलको फाइनल पुग्न चार टोलीबीच प्रतिस्पर्धा
- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व सम्पन्न हुँदै
- जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
- रारातर्फ जाँदै गरेको हाइलक्स ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
- छठको रौनक: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ‘सझिया अरख’
- एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो
- मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ
प्रतिकृया दिनुहोस