सरकारलाई सबैभन्दा धेरै कर तिर्ने यी १९ करदाता
- गाउँ सहर संवाददाता
- १ मङ्सिर मंगलबार, २०८३ | ११:००:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय कर दिवसका अवसरमा आज मंसिर १ गते सरकारले बढी कर तिरेका संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मान गरेका हुन्।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।
यसअघि १६ करदातालाई सम्मानन गर्ने गरिएकोमा अहिले १९ पुर्याइएको छ।
यी हुन् १९ विधामा उत्कृष्ठ कर तिर्ने करदाता-
१. निकायहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- सूर्य नेपाल प्रा.लि.
२. एकलौटी फर्महरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- थर्ड आई इण्टरनेशनल
३. वस्तु निर्यातको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- डाबर नेपाल (प्रा.) लि
४. सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल
५. कृषि एवं पशुपंक्षीजन्य उद्योग मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- ओ. सि. बी. फुड्स एण्ड फिड्स प्रा.लि.
६. बैंकिङ क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- नविल बैंक लि.
७. स्वास्थ्य तथा शैक्षिक संस्थाहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल लि.
८. पर्यटन व्यवसाय गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापारको कारोबार गर्ने मध्ये आ.व. २०८१/०८२ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने- सी. जी. इम्पेक्स प्रा. लि.
१०. वार्षिक कारोकनर रकम रू.५० करोडभन्दा बढी रू.१०० करोडसम्म कारोबार गर्ने करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- फुड एण्ड विभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रा.लि.
११. उर्जामूलक उद्योग मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- भोटेकोशी पावर कम्पनी प्रा.लि.
१२. रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- आई.एम.ई. लिमिटेड
१३. व्यक्तिगत आयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने- राजबहादुर शाह
१४. वि.सं.२०७७ साउन देखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मु.अ.कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका मरदातामध्ये सबैभन्दा बढी मुल्य आयकर दाखिला गर्ने- हिमालयन लिमिटेड डिष्टिलरी
१५. वार्षिक कारोबार रकम रू.५० करोडसम्म कारोवार गर्ने करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- इम्पेरियल सेक्यूरिटिज कम्पनी लिमिटेड
१६. विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- वरुण विभरेज नेपाल प्रा. लि
१७. जीवन बीमा क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.
१८. निर्जीवन बीमा क्षेत्रमा कारोवार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- सिध्दार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड
१९. लघुवित्त क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने
- मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य
- एनपीएलको फाइनल पुग्न चार टोलीबीच प्रतिस्पर्धा
- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व सम्पन्न हुँदै
- केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
प्रतिकृया दिनुहोस