दिगोविकास

आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ। आज २०८३ कार्तिक १८ गते बुधबार दिउँसो देशका अधिकांश भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ।

देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा भोलि बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत