मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य
- गाउँ सहर संवाददाता
- ३० कार्तिक सोमबार, २०८३ | १०:४६:०० मा प्रकाशित
काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ दरअनुसार २० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर यथावत् राखेका छन् भने ६ वटाले घटाएका छन् । ब्याजदर बढाउने बैंक भने कुनै छैनन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिनेमा सानिमा बैंक रहेको छ । बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । एनएमबि र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याज दिने भएका छन् ।
व्यक्तिगत निक्षेपमा सबैभन्दा कम ब्याजदर माछापुच्छ्रे बैंकको ३.५ प्रतिशत छ । कुमारी बैंकले ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले ३.६५ प्रतिशत ब्याजदर तोकेका छन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ पनि सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याज दिने भएको छ । नेपाल बैंकले ३.५ प्रतिशत तथा एभरेष्ट, लक्ष्मी सनराइज, हिमालयन र एनएमबि बैंकले ३.२५ प्रतिशत ब्याजदर कायम गरेका छन् । नौ बैंकले संस्थागत निक्षेपमा न्यूनतम २.७५ प्रतिशत ब्याजदर तोकेका छन् ।
यी बैंकले घटाए ब्याजदर
मंसिरमा व्यक्तिगत निक्षेपको ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे, कृषि विकास, एनएमबि, लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् ।
माछापुच्छ्रेले सबैभन्दा धेरै १ प्रतिशत विन्दुले ब्याजदर घटाएर ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ । कृषि विकास बैंकले ४.१५ बाट ३.६५ प्रतिशत र एनएमबिले ३.५० बाट ३.२५ प्रतिशत कायम गरेको छ ।
त्यस्तै, लक्ष्मी सनराइजले ४ बाट ३.७५ प्रतिशत, कुमारीले ३.७ बाट ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ३.७ बाट ३.६५ प्रतिशतमा झारेका छन् ।
संस्थागत निक्षेपतर्फ भने एनएमबि बैंकले मात्रै ब्याजदर घटाएको छ । बैंकले ३.५० प्रतिशतबाट ३.२५ प्रतिशत कायम गरेको हो ।
बैंकहरूले सार्वजनिक गरेका अधिकतम ब्याजदर सामान्यतया पाँच वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपका लागि हुन् । एक वर्षे मुद्दती निक्षेपमा भने अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
समग्रमा मंसिरमा पनि बैंकहरूको निक्षेप ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ । ब्याजदर बढाउने बैंक नदेखिनुले निक्षेपमा उच्च प्रतिफल खोज्ने बचतकर्ताका लागि भने आकर्षण थप घटेको देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने
- एनपीएलको फाइनल पुग्न चार टोलीबीच प्रतिस्पर्धा
- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व सम्पन्न हुँदै
- केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
- रारातर्फ जाँदै गरेको हाइलक्स ६ सय मिटर तल खस्यो, तीन जनाको मृत्यु, दुई घाइते
- छठको रौनक: अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ‘सझिया अरख’
- एनपीएल–३ : कर्णाली याक्ससँग पराजित हुँदै चितवनले लिग चरण टुंग्यायो
- मधेशका आठै जिल्लामा छठको रौनक, जनकपुरधामका पोखरी झकिझकाउ
प्रतिकृया दिनुहोस