सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
- गाउँ सहर संवाददाता
- १ मङ्सिर मंगलबार, २०८३ | २०:१७:०० मा प्रकाशित
काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १ सय ६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका लागि निरोशन डिकवेलाले सर्वाधिक ५९ रन बनाए । ३७ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।
त्यसैगरी, लुम्बिनीका कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका थरिन्दु रत्नायकले २ तथा हेमन्त धामी र स्कट कुगलाइनले समान १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलाम टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । ५१ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसैगरी, सुदूरपश्चिमका डा. ईशान पाण्डेले ३३ बलमा २७ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।
बलिङतर्फ रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले समान १ विकेट लिए ।
लुम्बिनी लिगमा शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । लिग चरणमा लुम्बिनीले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।
लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंक जोड्यो ।
यता, सुदूरपश्चिमले भने ५ मा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । ७ खेलबाट सुदूरपश्चिमले १० अंक जोड्यो ।
आजको नतिजासँगै लुम्बिनी एनपीएलको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि बुधबार हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
इलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सरकारलाई सबैभन्दा धेरै कर तिर्ने यी १९ करदाता
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने
- मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य
- एनपीएलको फाइनल पुग्न चार टोलीबीच प्रतिस्पर्धा
- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व सम्पन्न हुँदै
- केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
प्रतिकृया दिनुहोस