एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- गाउँ सहर संवाददाता
- १ मङ्सिर मंगलबार, २०८३ | ०८:३७:०० मा प्रकाशित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजेदेखि सुरु हुनेछ । आजको खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।
पहिलो क्वालिफायरमा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । त्यस खेलको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
दुवै टोली पहिलो अवसरमै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन् । सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल पुग्ने योजनामा रहँदा लुम्बिनी दोस्रोपटक उपाधि भिडन्तमा स्थान बनाउने दाउमा छ ।
गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । जारी संस्करणको पहिलो भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो । त्यसैले आजको खेलमा लुम्बिनी अघिल्ला दुई जितलाई निरन्तरता दिँदै फाइनल पुग्न चाहन्छ ।
यता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम भने लुम्बिनीसँग पछिल्ला दुई खेलमा व्यहोरेको हारको बदला लिँदै लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
- सरकारलाई सबैभन्दा धेरै कर तिर्ने यी १९ करदाता
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने
- मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य
- एनपीएलको फाइनल पुग्न चार टोलीबीच प्रतिस्पर्धा
- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व सम्पन्न हुँदै
- केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने
- पोखरासँग काठमाडौं गुर्खाज ५५ रनले पराजित
प्रतिकृया दिनुहोस