नेप्से १८.३० अंकले घटेर दुई हजार ३९ दशमलब ५४ विन्दुमा बन्द, एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि
- गाउँ सहर संवाददाता
- ९ भदौ बिहीबार, २०७९ | १६:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौँ दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.३० अंकले घटेर दुई हजार ३९ दशमलब ५४ विन्दुमा बन्द भएको छ । बुधबार भने नेप्से २.८७ अंकल बढेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३६४.४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज मैलुङ खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको भएको छ । यसको आज ११ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस