१० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
- गाउँ सहर संवाददाता
- ४ बैशाख बिहीबार, २०८२ | १५:५९:०० मा प्रकाशित
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार ७.०१ अंकले बढेर बन्द भएको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३११ स्क्रिप्सको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर १० अर्ब ९७ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योरेन्सको १० प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा हिमालयन पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ५८ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ६२ करोडको सेयर कारोबार गर्दा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको ४९ करोड,नगदी ग्रुपको ३८ करोड र राधी विद्युतको ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १८७ स्टक्सको मूल्य बढ्दा ५९ वटाको घट्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। इन्भेष्टमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक २.९९ प्रतिशतले बढ्यो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
प्रतिकृया दिनुहोस