१० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
- गाउँ सहर संवाददाता
- ४ बैशाख बिहीबार, २०८२ | १५:५९:०० मा प्रकाशित

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार ७.०१ अंकले बढेर बन्द भएको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३११ स्क्रिप्सको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर १० अर्ब ९७ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योरेन्सको १० प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा हिमालयन पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ५८ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ६२ करोडको सेयर कारोबार गर्दा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको ४९ करोड,नगदी ग्रुपको ३८ करोड र राधी विद्युतको ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १८७ स्टक्सको मूल्य बढ्दा ५९ वटाको घट्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। इन्भेष्टमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक २.९९ प्रतिशतले बढ्यो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस