नयाँ वर्षको सुरुवाती कारोबार दिनमै नेप्सेसँगै कारोबार रकम बढ्यो
- गाउँ सहर संवाददाता
- २ बैशाख मंगलबार, २०८२ | १६:१९:०० मा प्रकाशित

काठमाडौं । नयाँ वर्षको सुरुवाती कारोबार दिनमै सेयर कारोबार मापक नेप्से परिसूचक २७.१४ अंकले बढेको छ । एक दशमलव शून्य एक प्रतिशतले बढेर २६८९.२२ विन्दुमा उक्लिएको हो ।
कुल २१२ कम्पनीको सेयर मूल्य बढ्यो भने ३४ कम्पनीको मूल्य घट्यो ।कुल ६९ हजार ३६४ पटकको सेयर किनबेचबाट ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच भए । आज अधिकाशं उपसमूहहरु बढ्यो । व्यापार उपसमूह मात्रै २९.७० अंकले घट्यो । म्युचअल फन्ड शून्य दशमलव शून्य एक अंकले घट्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट लाग्यो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्य ९.९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढ्यो ।
बलेफी हाइड्रोपावरको मूल्य ९.९९, विन नेपाल लघुवित्तको ६.२५, आत्मनिर्भर लघुवित्तको ३.७१, अपर सोलु हाइड्रोको ३.१२ र सनराइज फर्स्ट म्युचअल फन्डको मूल्य २.८८ प्रतिशतले बढ्यो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस