पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- गाउँ सहर संवाददाता
- २७ बैशाख शनिबार, २०८२ | १७:३७:०० मा प्रकाशित
काठमाडौँ । छिमेकी देश भारतले पाकिस्तानसँगको आफ्नो तनावका कारण नेपालको आपूर्तिमा समस्या नहुने बताएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पाकिस्तानसँगको तनावका कारण भारतबाट नेपालमा हुने आपूर्ति व्यवस्थापनमा कुनै समस्या नहुने बताएका हुन् ।
शुकुरबार लैनचौरस्थित दूतावासमा मूलधारका सञ्चार माध्यमका सम्पादकहरूसँगको कुराकानीमा राजदूत श्रीवास्तवले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन अनुरोध गरे ।
उनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको पनि जानकारी दिँदै विद्यमान असहज परिस्थितिलाई मध्यनजर गरी घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
राजदूत श्रीवास्तवले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको जानकारी दिँदै आतङ्कवादको विरोधसहित त्यसका विरुद्ध हुने कदमप्रति प्रधानमन्त्रीबाट ऐक्यबद्धता प्रकट भएको बताए ।
विश्व शान्तिको पक्षमा दृढ रहेको नेपालको कुनै पनि भूमि आतङ्कवादको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको पनि उनले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस