सेयर बजारमा गिरावट
- गाउँ सहर संवाददाता
- २८ बैशाख आइतबार, २०८२ | १५:५०:०० मा प्रकाशित

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५३ अंकले घटेर २६५०.११ विन्दुमा रोकिएको छ ।
कारोबारको सुरुवाती चरणमा बढेर २६९२.५० विन्दुसम्म पुगेपनि त्यसबाट भने लगातार घटेर नेप्से २६५० विन्दुमा सीमित भएको हो ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा रोकिएको थियो । बुधबार भने नेप्से ६२.२५ अंकले बढेर २६७३ विन्दु कायम भएको थियो ।
आइतबार नेप्सेमा कुल १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गएको बिहीबार भने नेप्सेमा कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ओम मेगाश्री कम्पनीको ९.९८ प्रतिशतले बढेको छ ।
आइतबार विकास बैंकको सेयर मूल्य १.२७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह ६.५० प्रतिशतले उकालो लागेको छ ।
फाइनान्स समूहमा ३.२७ प्रतिशत, बैंकिङ समूहमा ०.५१ प्रतिशत, जलविद्युत् समूहमा १.२६ प्रतिशत र लगानी समूहमा १.५५ प्रतिशतको गिरावट आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस