यस्ताे रह्ये नेप्से, काराेबार कति ?
- गाउँ सहर संवाददाता
- ८ बैशाख सोमबार, २०८२ | १५:१२:०० मा प्रकाशित

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आइतबार ८ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । आजको कारोबारमा ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९.८८ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९.८० प्रतिशत बढेको छ । कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । जसको ५३ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको करिब साढे ५२ करोडको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
प्रतिकृया दिनुहोस