दुई कारोबार दिन सामान्य अंक बढेकाे नेप्से आज घट्याे
- गाउँ सहर संवाददाता
- १५ बैशाख सोमबार, २०८२ | १५:०६:०० मा प्रकाशित

काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक १४.५३ अंक घटेर २६४७.०७ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टककाे ७६ हजार ९९८ पटककाे काराेबारमा ८ अर्ब ९१ कराेड २८ लाख ४३ हजार रूपैयाँबराबरकाे २ कराेड ३६ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ।
यस दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य १०४ रुपैयाँ २० पैसा बढेर १ हजार १४६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ८६ रुपैयाँ १० पैसा बढेर ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन मध्य भाेटेकाेशी जलविद्युत कम्पनीकाे शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेकाे छ भने ग्रीन डेभलपमेन्ट बैंककाे शेयरमूल्य करिब ७ प्रतिशत बढेकाे छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ३८ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ। घटेका अरु उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा विमानस्थलमा भएकाे भ्रष्टाचार अध्ययन उपसमितिकाे प्रतिवेदन लेखासमितिमा
- सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुश
- शिक्षकहरूकाे विषय संसदमा प्रवेश, दमनप्रति सांसदहरूकाे प्रश्न (लाइभ)
- आन्दोलन थप चर्काउँदै शिक्षक, गाउँमा रहेकाहरूलाई काठमाडौंमा आउन अपिल
- मधेश प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा २१ करोड भ्रष्टाचार भएको भन्दै तत्कालीन सचिव र निर्देशकविरुद्ध मुद्दा दायर
- बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत
- कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
- निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप, महासंघले बोलायो आकस्मिक बैठक
- संसदमा के छलफल चलिरहेकाे छ ? (लाइभ)
- डोल्पामा गयो भूकम्प
प्रतिकृया दिनुहोस