साताको अन्तिम कारोबार दिन नेप्से थाेरै अंकले बढ्यो
- गाउँ सहर संवाददाता
- ११ बैशाख बिहीबार, २०८२ | १५:३९:०० मा प्रकाशित

काठमाडौं । यो साताको पहिलो दिन आइतबारदेखि लगातार चार दिन घटेको नेप्से अन्तिम कारोबार दिन २ अंक मात्र बढेको छ भने कारोबार पनि सामान्य सुधार आएको छ ।बिहीबार नेप्से परिसूचक २.०८ अंक बढेर २६५८.०२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । बुधबार कारोबार ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बिहीबार ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ, जलविद्युत, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत घटेको छ ।
आज दुई कम्पनीको स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य सर्वाधिक ७.१२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । जसको ७० करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सर्वाेच्चद्वारा तीन दिनभित्र शिक्षकहरूलाई कक्षामा फर्काउने वातावरण बनाउन निर्देशन
- काठमाडौं टावर निर्माणमा आर्थिक चलखेल भएको भन्दै यस्तो छ बालेनको दाबी
- आज १९औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
- धुलिखेल–साँगा सडककाे पुलबजार क्षेत्रमा डेढ महिनादेखि काम ठप्प
- नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
- आन्दोलन शिक्षकलाई एमालेकाे आग्रह: वैशाख महिनाभित्रै शिक्षा विधेयक पारित हुन्छ, आन्दोलन रोक्नुस्
- खर्लप्पै घट्याे शेयरबजार, लगानीकर्ताको किन मनोबल खस्कियाे
- भारतका विद्युत्मन्त्रीको भ्रमणमा के भए त्यस्ताे महत्वपूर्ण समझदारी
- शिक्षक महासंघले आन्दोलन थप चर्काउँदै भन्दै गाउँघरमा भएका शिक्षकलाई पनि बोलाइयो
- आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
प्रतिकृया दिनुहोस