आज सेयर बजारमा सामान्य अंकको सुधार
- गाउँ सहर संवाददाता
- २३ बैशाख मंगलबार, २०८२ | १६:१९:०० मा प्रकाशित

काठमाडौं । आज सेयर बजारमा सामान्य अंकको सुधारमा आएको छ। आइतबार र सोमबार लगातार दुई दिन ओरालो लागेको नेप्से परिसूचक आज ४.२६ अंकले बढेर २६१४.६७ विन्दुमा पुगेको छ।
नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ। सोमबार ७ अर्ब ६३ रुपैयाँको सेयर कारोबार भएकोमा आज ८ अर्ब बढीको कारोबार भएको छ।
यसदिन ३१८ स्क्रिप्सको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से सामान्य अंकले बढेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। सानिमा माइ हाइड्रोपावर ९२ करोड बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।
यसैगरी नगदी ग्रुपको ६७ करोडको सेयर कारोबार हुँदा राधी विद्युत कम्पनीले ३८ करोड,युनिलिभर पावरले ३६ करोड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले ३२ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये १२० स्टक्सको मूल्य बढ्दा १२६ वटाको घट्यो। पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्। हाइड्रोपावर,लाइफ इन्स्योरेन्स, मनु एण्ड प्रो,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको सपसूचक सर्वाधिक २.०३ प्रतिशतले बढ्यो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस