गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- गाउँ सहर संवाददाता
- २८ बैशाख आइतबार, २०८२ | ०७:१२:०० मा प्रकाशित
पोखरा । गाउँ सहर डट कमका पोखरा संवाददाता विष्णुहरि पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने चयन भएका छन् । समितिका सदस्यहरूमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जीवी भूर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी रहेका छन् ।
अधिवेशन सम्पन्न गर्नका लागि महेश्वर पाण्डेको संयोजकत्वमा भरतप्रसाद तिवारी र वासुदेव पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले स पत्रकारिताको मर्म र भावनालाई मर्न दिन नहुने बताइन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले लेखनाथ क्षेत्र प्राकृतिक रुपमा सुन्दरका साथै यहाँका संघसंस्थाबीच सहकार्य र एकता उदाहरणीय रहेको भन्दै प्रशंसा गरे ।
मञ्चका अध्यक्ष कविराज खनालको सभापतित्व एवम् सचिव विष्णुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष भीमपाणि बरालले स्वागत गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, कृयाशील महिला पत्रकार संघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पगेनी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरी, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मञ्चको संस्थागत विकासमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै लेखनाथ उद्योग वाणिज्य संघ, पुरस्कार अक्षयकोषदाता पोखरा ३० का शेरबहादुर गुरुङ, सहयोगदाता पोखरा ३२ का बुद्धिमान गुुरुङ, पोखरा २९को आदर्श हार्डवेयरका सञ्चालक विजय गुुरुङ, र पोखरा २६ को नमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछाने लाई आर्थिक सहयोग गरेकामा सम्मान गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस