सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- गाउँ सहर संवाददाता
- २८ बैशाख आइतबार, २०८२ | १६:३८:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले सहरी क्षेत्रमा बढ्दै गएको बसाईँसराई र जन्मदरमा आएको कमीले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या प्रत्येक दिन घट्दो क्रममा रहेको बताएका छन् ।
आइतबार राष्ट्रियसभाको बैठकमा उनले यस विषयमा सरकारको ध्यानाकर्षण पनि गराए ।
तथ्य र तथ्याङ्कको आधारमा देशको भौगोलिक स्थिति, शिक्षक-विद्यार्थीको अनुपातलाई मध्येनजर राख्दै हिमाली, उच्च पहाडि र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुलाई गाभ्ने, स्थानीय तहको समन्वय र सहयोगमा आवासीय विद्यालयहरु स्थापना गरी न्यूनतम खर्चमा स्तरीय शिक्षा प्रदान गर्दै सामुदायिक विद्यालयहरुप्रति अभिभावकहरुको विश्वास र भरोसा अभिवृद्धि गर्न, गराउन पाैडेलले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या :
- १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १५,९६५
- १०० देखि ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ९,७०४
- ५०१ देखि १००० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १,६३६
- १००१ देखि १५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या ४५९
- १५०१ देखि २००० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १३६
- २००० भन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयहरुको संख्या १००

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस