नीति तथा कार्यक्रम बहुमतले पारित
- गाउँ सहर संवाददाता
- २८ बैशाख आइतबार, २०८२ | १५:२९:०० मा प्रकाशित

काठमाडाैं । सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन्।
गत वैशाख १९गते संघीय संसद्को संयुक्त बैठकमा पेस भएको नीति तथा कार्यक्रमका पक्षमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु उभिएका थिए भने विपक्षी दलले विरोध गरेका थिए।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।
त्यस्तै विपक्षी दलका विभिन्न सांसदहरुले नीति तथा कार्यक्रममाथि पेस गरेका संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्दा अधिकांश अस्वीकृत भएका थिए।
नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते संघीय संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
प्रतिकृया दिनुहोस