प्रशासनले अनुमति नदिएपछि लेखनाथ उद्योग वाणिज्य संघको १३ औँ महाधिवेशन स्थगन
- विष्णुहरि पाैडेल
- १४ भदौ सोमबार, २०७८ | १९:२५:०० मा प्रकाशित

लेखनाथ । जिल्ला प्रशासनले अनुमति नदिएपछि लेखनाथ उद्योग वाणिज्य संघको भाद्र १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन अर्को सूचना नआउँदा सम्मका लागि स्थगन गरिएको छ ।
चुनावी प्रक्रिया देखि अधिवेशनमा धेरै जनाको उपस्थिती हुन सक्ने र कोरोनाको महामारी रहिरहेको अवस्थालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा अर्को सूचना नाउँदासम्मका लागि महाधिवेशन रोकिएको हो ।
संघको कार्यसमितिको बैठक बसी भाद्र ११ गते सम्म भएका निर्वाचनका कार्यक्रमहरुलाई यथावत राख्दै यस भन्दा पछिको कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो ।
स्थगित भएको निर्वाचनको कार्यक्रम महाधिवेशन मिति भन्दा १० दिन अगाडि सार्वसजनिक गरिने समेत लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । यस अघि संघले निर्वाचनको कार्यक्रम अन्तर्गत उमेदवारी दर्ता देखि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको थियो ।
उमेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा वर्तमान बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेय निर्विरोध भईसकेका छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
प्रतिकृया दिनुहोस