शिक्षा

प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन 

पोखरा । गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको दुई दिवसीय सम्मेलन प्रदेश घोषणापत्र जारी गर्दै सकिएकाे छ।   

'जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक सार्वजनिक पुस्तकालय' भन्ने आदर्श वाक्यकासाथ पोखरास्थित पोखरा सार्वजनिक पुस्तकालय र दीपशिखा सामुदायिक पुस्तकालयद्वारा पोखरामा  शनिवारदेखि सुरु भएको सम्मेलन  सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम ऐतिहासिक गण्डकी सम्मेलन का रुपमा सम्पन्न भएको हो । 

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ३५ वटा पुस्तकालयको सहभागिता रहेको सम्मेलनमा पुस्तकालयका सुख, दुःख, पीडा र सफलताका कथाहरू, विज्ञ अभियान्ताका अनुभव प्रस्तुत भएका थिए।

गण्डकी प्रदेशका पुस्तकालयले पाठक र समुदायका सदस्यका लागि पुर्याएका जीवनोपयोगी सेवा र योगदानबारे गहन रूपमा छलफल भएको सम्मेलनबाट सार्वजनिक सामुदायिक पुस्तकालयका साझा समस्या र समाधानका उपाय पहिचानसहित गण्डकी घोषणापत्र जारी  भएको हो ।

 ऐन निर्माणका लागि संघीय, प्रदेश सरकार र स्थानीय तहसमक्ष  माग गर्दै पोखरामा सुविधासम्पन्न प्रदेश पुस्तकालय स्थापना गर्न प्रदेश सरकारसँग  माग गरिएकाे छ।

सरकार र स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरी सबै पुस्तकालयका लागि आवश्यक बजेट विनियोजन गर्न , हाल सञ्चालनमा रहेका पुस्तकालयहरूमा सम्बन्धित स्थानीय तहघाटै तलवभत्ता व्यहोर्ने गरी कम्तीमा एक जना पुस्तकालय विज्ञान समूहको राजपत्र अनङ्गित प्रथम श्रेणी वा सो सरहको तालिमप्राप्त कर्मचारी र कार्यालय सहयोगीको अनिवार्य व्यवस्था गरिदिन स्थानीय तहसँग आग्रह गरिएको छ। 

राजनीतिक दलका घोषणापत्र तथा प्रतिबद्धतापत्रमा सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई समावेश गर्नुका साथै पुस्तकालय भवन निर्माण गर्दा विपद् प्रतिरोधी, अपाङ्गमैत्री, वातावरणमैत्री एवम् सूचना प्रविधिमैत्री बनाउन माग गरिएकाे छ। 

सार्वजनिक तथा सामुदायिक पुस्तकालयमार्फत पठन संस्कृतिको विकास र प्रवर्धन गर्ने विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरिएकाे छभने नेपाल सामुदायिक पुस्तकालय संघ गण्डकी प्रदेश समिति गठन  भएको छ।

जसमा माधव भण्डारी, दीपशिखा सामुदायिक पुस्तकालय, कास्की,अध्यक्ष चयन  भए । उपाध्यक्षमा दुर्गा रिजाल, अग्यौली सामुदायिक पुस्तकालय, नवलपुर,सचिवमा ध्रुवबन्धु पौडेल, लक्ष्मी स्मृति पुस्तकालय, स्याङ्जा, कोषाध्यक्षमा रेखा रेग्मी पौडेल, म्याग्दी सामुदायिक पुस्तकालय, म्याग्दी,सह सचिवमा वसन्तराज खनाल, भोटे ओढार सार्वजनिक पुस्तकालय, लमजुङ रहेका छन्।

यसैगरी सदस्यहरुमा सुदर्शन प्रधान, कृष्णराज पौडेल, मोहप्रसाद पनेरु, राम थापा अविरल, गोविन्द नेपालीरहेका छन्।

भोलानाथ शर्मा, मोती सामुदायिक पुस्तकालय, पर्वत, प्रा.डा. विश्व श्रेष्ठ, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा, कृष्णहरि भण्डारी, दीपशिखा सामुदायिक पुस्तकालय पोखरा, सूर्य क्षेत्री, पोखरा सार्वजनिक पुस्तकालय पोखरा, चन्द्रमणि अधिकारी, पं. रुद्रमणि अधिकारी स्मृति पुस्तकालय तनहू, नारायणबहादुर सुयल क्षेत्री, लक्ष्मीनारायण पुस्तकालय लमजुङ , बद्री नेपाल फूलबारी सामुदायिक पुस्तकालय नवलपुर, सरला खनाल अग्यौली सामुदायिक पुस्तकालय, नवलपुर सल्लाहकार चयन  भएकका छन्।

तपाईँको मत