लेखनाथ उद्योग वाणिज्य संघमा महिला उद्यमीहरुको भेला
- विष्णुहरि पाैडेल
- १२ मङ्सिर मंगलबार, २०८० | ०९:१५:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघमा महिला उद्यमीहरुको भेला सम्पन्न भएको छ । यही पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन महिला उद्यमीहरुले के कसरी सघाउन सकिन्छ भन्ने विषयमा महिला उद्यमीहरुको छलफल भएको उप–समितिकी संयोजक गंगा कुमारी मल्लले जानकारी दिइन् ।
भेलाले उप–समितिको सह–संयोजकमा शर्मिला श्रेष्ठ, सदस्यहरुमा शर्मीला खड्का, रुपकला श्रेष्ठ, जमुना गिरी, सरस्वती गुरुङ, मनदेवी, गुरुङ, कल्पना तिवारी, सुमीत्रा बञ्जारा, पम्फा देवकोटा, सोममाया तामाङ, लक्ष्मी पौडेल, सपना सुवेदी, प्रतिक्षा पौडेल, धनकुमारी पुन र पद्मा सिंखडालाई चयन गरेको छ । यस्तै सल्लाहकारमा ईन्दिरा रोका, मेनुका श्रेष्ठ, रञ्जना बराल, पार्वती थापा, शान्ति खनाल र सुर्यकुमारी बञ्जरालाई चयन गरिएको छ ।
महोत्सवमा उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु, कृषि उत्पादन एवं अन्य उत्पादनको प्रर्दशनी एवं विक्रिका लागी आयोजकले निशुल्क ४ वटा स्टल उपलब्ध गराउने भएको छ भने महोत्सवमा विभिन्न महिला लक्षित कार्यक्रमहरु झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमको व्यवस्थापनका लागि महिला उप–समितिले विशेष भूमिका निर्वाह गर्नेछ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने विश्वास लिएको प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले बताए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस