गाउँ सहर

लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ ।

कार्यक्रम  उद्घाटन गर्दै  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारको गलत नितिका कारण आन्तरिक व्यवसाय झन झन सिथिल हुँदै गएको बताए ।श्रेष्ठले आन्तरिक व्यवसायमा देखा परेको अहिलेको अवस्थालाई समाधान गर्नतर्फ राज्य प्रशासनले पहल गर्नुको साटो दोषारोपणमा मात्रै उत्रिएको बताए । संघको चुनाबको बेला व्यवसायीहरु पनि राजनीतिक पार्टीको शरणमा जाने गरेको अब यस्तो प्रवृतिलाई छोडेर व्यवसायी नै भनेर चुनाव लड्न आग्रह गरे ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रका मागप्रति राज्य उदासिन रहेकाले यसलाई सुधार गर्नका लागि राज्य उत्तरदायी हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संघीय सांसद मन बहादुर गुरुङले उद्योगीहरुलाई सरकारले हेर्ने दृष्टिकोण फरक भएकाले यसलाई राज्यको तर्फबाट संरक्षणका योजनाहरु ल्याउनु पर्ने सुझाव राखे ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकासको नमुना हेर्न रुपामा आउन आग्रह गर्दै केही लगानी गर्न इच्छा भएका नयाँ ब्यवसायीलाई रुपामा पठाउनका लागि पनि अनुरोध समेत गरेका थिए ।

सोही अवसरमा जिल्ला समन्वय समिति कास्कीकी उपाध्यक्ष सरिता कुमाल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष सुर्य बहादुर भुजेल, सल्लाहकारहरुको तर्फबाट नेत्रपाणि वास्तोला, जेष्ठ नागरिक समाज कास्कीका अध्यक्ष भक्तराज श्रेष्ठ, पूर्व अध्यक्षहरुको तर्फबाट चतुराखर अधिकारी, जिल्ला नगर उद्योग वाणिज्य वाणिज्य संघहरुको तर्फबाट गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ र सम्पुर्ण महिलाहरुको तर्फबाट राधा सापकोटा लगायतले आ–आफनो धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष छत्रधर आत्रेयले विकास निर्माणका सवालमा पोखरा र लेखनाथका विचमा देखिएको अन्तर विरोधको अन्त्य हुनुपर्ने बताएका थिए । संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

सोही अवसरमा संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले स्थापना गरेको चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान पुरस्कार जेष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएका जेष्ठ नागरिक समाज नेपाल कास्कीका अध्यक्ष भक्त राज श्रेष्ठलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि रु १ लाख १ हजार रहेको छ । यसैगरी संघका पूर्व कार्यसमिति सदस्य कृष्ण प्रसाद अधिकारीेले स्थापना गरेको वातावरण तथा सरसफाई पुरस्कार पोखरा ३१ को पचभैया सामुदायिक होम स्टेका अध्यक्ष लिलकुमारी थापा मगरलाई प्रदान गरिएको थियो ।

उक्त अवसरमा संघको स्थापनाकाल देखि अनवरत रुपमा काम गर्दै आएका संघका कर्मचारी कृष्ण प्रसाद पौडेललाई सम्मान गरिएको थियो । संघका पूर्व अध्यक्ष नारायण प्रसाद श्रेष्ठद्वारा स्थापित अपाङ्ग तथा जेहेन्दार छात्रालाई प्रदान गरीने छात्रवृद्धि जनप्रकाश मावि पोखरा–२९ की छात्रा देउमाया क्षेत्रीलाई प्रदान गरिएको थियो ।

शुक्रबार संघको अधिवेशन तथा साधारण सभाको उद्घाटन समारोह एवं बन्द सत्र सम्पन्न भएको छ भने शनिबार निर्वाचन कार्यक्रम हुने निर्वाचन समितिका संयोजक खगेन्द्रराज आचार्यले जानकारी दिए । संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको १४ औं महाधिवेशनमा संघमा रहेका २० पदमध्ये १९ पदका लागी ३६ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन ।

संघको अध्यक्ष पदका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेद्वारी दिएका छन भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलले उम्मेद्वारी दिएका छन् । यस्तै प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्र राज सुबेदी, द्दित्तीय उपाध्यक्षमा बिक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधीकारी र जीवन तिवारी, उपमहासचिवमा भरत राज ओझा र भिम बहादुर सार्की (काईला), कोषाध्यक्षमा ध्रुव वावु भट्टराई (आई. डी.) र पुष्पमणि भट्टराईले उम्मेद्वारी दिएका छन ।

संघको महिला सदस्यका लागि जमुना गिरि, प्रतीक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने र सुमित्रा बन्जाराले उम्मेद्वारी दर्ता गराएका छन् । एसोसिएट तर्फको सदस्य पदमा भने प्रेम प्रसाद शर्माको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका छन् । संस्थागत सदस्य पदका लागि विजय गुरुङ र कुल बहादुर रानाभाटको उम्मेद्वारी परेको छ ।

कार्यसमिति सदस्यमा अर्जुन भण्डारी, भविन्द्र पुन (भविन), भरत थापा, भुवानीप्रसाद पौडेल, बिजय न्यौपाने (ई), बिन्दुचन्द्र बराल, बिरेन्द्र बानिया, बिरेन्द्र राज भुर्तेल, गंगा कुमारी मल्ल, हरि बस्ताकोटी, खेमराज बराल, कृष्ण प्रसाद सुवेदी, लक्ष्मी प्रसाद ढुङ्गाना (एल पि), राजन कल्याण वड्गामी, सुर्य प्रकाश ढुङ्गाना (एस पि) र टिकाराम सापकोटाले उम्मेद्वारी दिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत