गाउँ सहर

लेखनाथ उद्योग वाणिज्य संघको २६औं साधारण सभा

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको सभाहलमा शनिवार सम्पन्न भएको सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीहरुको दुःख पीडामा साथ दिंदै उत्कृष्ट बन्न सफल भएको बताए।

लेखनाथ उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हित एवं सामाजिक क्षेत्रमा गरेको कामको उच्च मूल्यांकन गदै नेपाल उद्योग वाणिज्य महासंघले उत्कृष्ट उद्योग वाणिज्य संघ घोषीत गरेको स्मरण गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्टले देशमा राजनितिक परिवर्तन भए पनि निजि क्षेत्रमा परिवर्तन नभएको बताए । 

यसै गरी नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका अध्यक्ष सुन्दर श्रेष्ट, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेश सभा सदस्य दिपक कोइराला,  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, केन्द्रिय सदस्य पुष्प कुंवर, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, उपमहासचिव जानुका पराजुली लगायतले लेखनाथ उद्योग वाणिज्य संघले ग्रामिण क्षेत्रलाई समेटर सरकारको सहयोगीका रुपमा विकास र सम्मृद्धि निर्माण कार्यमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले स्वागत गदै लेखनाथ उद्योग वाणिज्य संघले  गरेका कार्यहरुको वारेमा जानकारी गराएका थिए ।

संघका महासचिव उपेन्द्र (राजु) सुवेदीले सञ्चालन गरेको कार्यक्रममा रजत स्तम्भ अनावरण गरिनुका साथै संघको स्थापना कालदेखि हाल सम्मका विभिन्न गतिविधिहरु समेटिएको स्मारिका विमोचन समेत गरिएको थियो ।

उक्त अवसरमा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यद्धारा स्थापित चन्द्र लक्ष्मी जेष्ठ नारीक पत्रकारीता पुरस्कारबाट वरिष्ट पत्रकार कुसुमकेशव पराजुलीलाई प्रदान गरिएको थियो भयो भने संघका पूर्व कार्यसमिति सदस्य कृष्ण ढुंगानाद्धारा स्थापित पुरस्कारबाट लेखनाथ  क्लबका  अध्यक्ष बालगोपाल श्रेष्टलाई सम्मान गरिएको थियो ।  

गाउँ सहर संवाददाता

तपाईँको मत