एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- विष्णुहरि पाैडेल
- २७ पौष शनिबार, २०८१ | २१:१५:०० मा प्रकाशित
पोखरा । नेशनल प्याव्सन कास्कीले ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीलाई सम्मान गरेको छ । आफ्नो २६औं स्थापन दिवस विविध कार्यक्रको आयोजना गरी मनाउने क्रममा पोखरामा शनिवार एन प्याव्सन कास्कीमा आवद्ध ४८ मध्ये ३३ विद्यालयका १ सय ४५ जना शिक्षक कर्मचारीलाई सम्मान गरेको हो । एन प्याव्सन कास्कीका आवद्ध एउटै विद्यालयमा १५ वर्षसम्म निरन्तर काम गरेका शिक्षक, कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भूतपूर्व खेलाडी मञ्च कास्कीका संस्थापक अध्यक्ष तथा पूर्व खेलाडी खड्गबहादुर रानाभाटलाई नेशनल प्याव्सन कास्की खेलकुद सेवा सम्मान २०८१ बाट नगद २५ हजार सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
यस्तै एन प्याव्सन कास्कीका पूर्व परीक्षा संयोजक सञ्जय पौडेललाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।स्थापना दिवसकै अवसर पारेर २०६१र०६२ सालमा स्थापना भएका एन प्याव्सनमा आवद्ध विद्यालय गण्डकी एकेडेमी कास्की, ओयसिस सेकेण्डरी स्कुल, बड्स एकेडेमी, बागमारा एकेडेमी र न्यू लेखनाथ पब्लिक एकेडेमीलाई विद्यालय सम्मानबाट सम्मान गरिएको थियो ।
यसैगरी २०८० सालको एस।ई।ई। मा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरुलाई सम्मान गरिएको थियो ।यसैगरी २०८० सालको एस।एल।सी परीक्षामा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याइ उत्तीर्ण हुने छात्र तर्फ न्यू ग्यालेक्सी माविका अभिनित प्रधान , कास्की मोडर्नाइज्ड एकेडेमीका गौरव सापकोटा तथा छात्रा तर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकै आकृती पन्त, अलिसा श्रेष्ठ र बड्स एकेडेमीकी विमला पौडेलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद १० हजार सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।
स्थापना दिवसकै अवसरमा प्रकाशन गरिएको स्मारिकाको पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले विमोचन गरेका थिए । एन प्याव्सन कास्कीका गतिविधिका चर्चा गर्दै उनले पोखराका संस्थागत र सामुदायिक सबै विद्यालयका शैक्षिक गुणस्तरका लागि महानगर सधैं सहकार्य गर्न तयार रहेको बताए ।स्वस्थ पोखरा ,स्वस्थ पोखरेली अभियान सुरु गरी हरेक शनिवार दौड सुरु गरिएको ,पोखरामा २८ करोडबढीका योजना अगाडि बढाइएको लगायतका जानकारी गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्का, सम्मानित व्यत्तित्वहरु भूतपूर्व खेलाडी मञ्च कास्कीका अध्यक्ष खड्गबहादुर रानाभाट, लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलका कक्षा ११, १२ का संयोजक विष्णुहरि पौडेलले बोलेका थिए ।
यस्तै नेशनल प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोख्रेलले शुभकामना मन्तव्य दिएका थिए । नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
- लेखनाथमा खेल महोत्सव शुरु : उद्घाटन खेलमा आयोजक सुर्यताराको विजयी शुरुवात
- पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस
प्रतिकृया दिनुहोस