स्वास्थ्य

पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै 

लेखनाथ । वि स २०५४ साल साउन १ गते स्थापना भएको पोखरा विश्वविद्यालयले स्थापनाकाल देखि भन्दै आएको शिक्षण अस्पताल २७ वर्ष पछि संचालनमा ल्याएको छ ।

विभिन्न काल खण्ड पार गर्दै आएको विश्वविद्यालयले अवको दुई वर्ष पछि शिक्षण अस्पतालका लागि आवस्यक पर्ने सय वेडको क्षमता बृद्धि गरी तीन सय बेडको मेडिकल कलेज संचालन गर्ने उदेस्य राखे पनि पहिलाको जस्तो वर्षौसम्म त लाग्ने होईन भन्नेमा  स्थानीय  चिन्तित छन् ।

विश्वविद्यालय स्थापनकाल देखि नै शिक्षण अस्पताल बनाउने चर्चा चले पनि त्यो पुरा हुन नसकेको अवस्थामा सवैको साथ र सहयोगले विश्वविद्यालय हाता भित्र सवै प्रकारका सेवा उपलब्ध गराउने गरि सय वेडको शिक्षण अस्पताल संचालनमा ल्याईएको हो । जसले गर्दा सेवाग्राहीलाई सहज रुपमा उपचार गर्न पाउने भएका हुन् ।

शिक्षण अस्पतालको सुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण अस्पतालले सेवा दिनुपर्ने कार्यविधि बनाउन आग्रह गरेका थिए ।

पोखरा विश्वविद्यालयमा शिक्षण अस्पताल ल्याउन सबैको पहल र प्रयत्नबाट मात्र सम्भव भएको बताउदै भविश्यमा तिन सय बेडको मेडिकल कलेजबाट एम विवि एसको पढाइ सञ्चालन गर्न सकियो भने विद्यार्थीहरु पढ्नका लागि बाहिर जान नपर्ने  बताएका  थिए ।

यस क्षेत्रमा रहेका प्रदेश अन्तरगतको सक्रामक तथा सरुवा रोग अस्पताल र महानगर पालिका अन्तरगत रहेको शिशुवा अस्पताललाई मिलाएर लाने हो भने अहिले नै मेडिकल कलेज संचालन गर्न सकिने सम्भावनाको संकेत गर्दै स्वास्थ्य विमाको काडवाट उपचार गर्न जाने विरामीले अपमान भएर दोश्रो दर्जाको नागरिक सरह व्यवहार गर्ने प्रचलनको अन्त्य हुनु पर्ने र स्वास्थ्यको अधिकार सबैका लागि समान भएकाले सोही अनुरुपको ब्यवहार गर्न पनि मुख्य मन्त्री अधिकारीले स्वास्थ्यकर्मीलाई आग्रह गरेका थिए ।

सोही अवसरमा गण्डकी प्रदेशकी सामाजिक एवं स्वास्थ्य मन्त्री सिताकुमारी सुन्दासले प्रदेशभरिका ११ जिल्लाको अभियानको रुपमा स्वास्थ्य सेवा, नयाँ खोज र अनुसन्धानमा लाग्न विश्व विद्यालयलाई आग्रह गरेकी थिईन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वविद्यालय प्रगति पथमा अगाडि बढेको बताउँदै शिक्षण अस्पतालले जिल्ला वडा र स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर  विद्यार्थीले प्रयोगात्मक साथै अनुसन्धान गरेर परिमाण देखिने गरी नयाँ विषय वस्तु तर्फ अग्रसर हुनु पर्ने सुझाव राखे।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दीपकबहादुर भण्डारीले हरेक व्यक्तिमा आ–आफ्नै सपना हुने उल्लेख गर्दे आफूमा विश्वविद्यालयले सञ्चालन गर्ने यो देशकै यो क्षेत्रकै एक उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको बताएका थिए ।

पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले १० करोड रुपैयाँको लागतमा बनेको शिक्षण अस्पतालले एम बिबि एसका कक्षा सञ्चालन  विश्वविद्यालयको लागि अपरिहार्य रहेकोले त्यसको सुरुवात गर्न सकिएकोमा आफु अत्यन्तै गौरवान्वित र भाग्यमानी रहेको उल्लेख गर्दै अस्पताल सञ्चालनले विश्वविद्यालयले अग्रगामी सोचका साथ समाज र देशलाई योगदान दिनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिलाले उपचारका सवै विधिहरु प्रयोग गरेर स्थानिय र कर्मचारीहरुलाई विशेष सहुलितका योजना ल्याउने सुनाएका थिए भने स्थानियहरुको तर्फबाट विष्णु पोख्रेल, पोखरा विश्वविद्यालयका प्राध्यापक संघका सभापति डा. निरन श्रेष्ठ,, कर्मचारी संघका अध्यक्ष चोलाकान्त चुहाइ, शिक्षण अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार यादव र सह प्रशासक तारादेवी सापकोटा लगायतले सवैको साथ,सहयोग र सहकार्यबाट मात्र विश्वविद्यालयले परिकल्पना गरेको मेडिकल कलेज संचालन गर्न सकिनेमा जाेड दिएका  थिए ।

तपाईँको मत