लेउवा संघको स्थापना दिवसमा दौड
- विष्णुहरि पाैडेल
- २० असार बिहीबार, २०८१ | ११:१६:०० मा प्रकाशित
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफनो २८ औं स्थापना दिवस तथा २७ औं वार्षिकोत्सवका अवसरमा सदस्यहरुका विच दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
विहानीको समय सिमसिम पानी परिरहेको अवस्थामा संघमा आवद्ध करीव दुई सय भन्दा वढी ब्यवसायीहरुको सहभागितामा पोखरा २९ को भण्डारढिक खेल मैदानदेखि पोखरा २७ को तालचोक महोत्सव स्थलसम्म भएको दौड प्रतियोगितामा ५० वर्ष माथिको भेट्रान्स, महिला र पुरुषकाबीच करीब दुई किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
दौडका माध्यमबाट सदस्यहरुका विच एक आपसमा मित्रता,परिचय तथा सम्वन्ध विस्तार गराउने उद्देश्यले राखिएको प्रतियोगितामा पुरुषतर्फ शरण कुमार प्रधान प्रथम,मदन कुमार थापा द्धितीय ,सन्तोष न्यौपाने तृतीय र खेमनाथ शर्मा र होमराज भण्डारीले चतुर्थ स्थान हासिल गरेका थिए ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई आठ हजार,द्वितीयलाई छ हजार, तृतीयलाई चार हजार र चाैथाेलाई नगद दुई हजार र प्रमाण पत्र प्रदान गरिने वताइएकाे छ ।
महिला तर्फको प्रतियोगितामा छायाँ बसौला प्रथम, ईन्दु जोशी द्धितीय र बन्दना शाहले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
५० वर्ष भन्दा माथिको दाैडतर्फ दुर्गा बहादुर थापा प्रथम, धर्मराज वतौंला द्वितीय र दामोदरभक्त थापाले तृतीय स्थान हासिल गरेका छन् ।
सहभागीहरुलाई लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझ, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) र महासचिव जानुका अधिकारी लगाएतले धन्यवाद ज्ञापन गरेका थिए ।
विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवम् १५औं महाधिवेशन
- आयुर्वेदिक महत्व बाेकेकाे खयरकाे चिया
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
प्रतिकृया दिनुहोस