२०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- विष्णुहरि पाैडेल
- २ माघ बुधबार, २०८१ | १०:३०:०० मा प्रकाशित
पाेखरा । २०औँ लेखनाथ महोत्सव सम्पन्न भएको छ भने १३औं पोखरा महोत्सव जारी रहेको छ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २०औँ लेखनाथ महाेत्सव सकिएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिँदै महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त स्थानमा व्यवस्थित गरिने बताए । उनले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै वेगनास तालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्धारमा रहेको हेलमेटडाडाँ लगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न सक्रिय सहभागिताका लागि आह्वन गर्दैे पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानी को रुपमा विकास गर्न पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव २०औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताए ।
कार्यक्रमा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राखिन् ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको व्यापार प्रवद्र्धन भएको बताए ।
पुस १८ गतेदेखि सञ्चालन भएको २० औँ संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् भने सोही अनुसारको कारोबार समेत भएको छ । महोत्सव अवधिभर ९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको र ३ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका पराजुलीले बताइन् ।
विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्तोना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुनेभएको छ । महाेत्सव माघ ७ सम्म चल्ने छ।
विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
- लेखनाथमा खेल महोत्सव शुरु : उद्घाटन खेलमा आयोजक सुर्यताराको विजयी शुरुवात
- पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस
प्रतिकृया दिनुहोस