गाउँ सहर

पोखरामा फरक फरक खानाका लागि पर्यटकलाई ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

पाेखरा । पोखरामा फरक फरक खानाका लागि पर्यटकलाई ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय भएको छ । कास्की प्रशासनसँगको छलफल पछि रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो।

कोरोनाको असरका कारण लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक अफ्ट्यारोमा परेकाले जिल्ला प्रशासन कार्यालय कास्कीसंगको छलफल पछि ६ रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।

अम्मटस्थित माउण्ट कैलाश रिसोर्ट, बाराही चोकमा रहेको मुनडान्स रेष्टुरेण्ट, गौरीघाटको होटल ग्लासिएर, सेण्टर प्वाइन्टको सम्राट तन्दुरी, अम्मटस्थित ग्रेट वाल रेष्टुरेण्ट तथा विरौटास्थित ड्याडिज किचनबाट पर्यटकलाई सेवा दिइने भुजेलले बताए ।

ग्रेटवालले चाइनिज खाना, सम्राट तन्दुरीले इण्डियन तथा बाँकि रेष्टुरेण्टहरुमा सबैखाले खानाका परिकार पाइनेछ । यि रेष्टुरेण्टहरुले कोरोना संक्रमणबाट जोगिने गरि मास्क, स्यानिटाइजर तथा अन्य सतर्कता अपनाउँदै ग्राहकहरुलाई सेवा दिने रेवान पोखराले जनाएको छ ।

रूद्रप्रसाद भट्टराई

तपाईँको मत