अर्थतन्त्र

दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १४.३३ अंकले बढेर एक हजार ९ सय ८० दशमलव २७ विन्दुमा बन्द भएको हो ।                                                                                   

नेप्सेमा आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८० वटाको बढेको छ भने ५५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार पोखरा फाइनान्स कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । त्यस्तै, आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयरमूल्य पनि ७.६२ प्रतिशतले बढेको छ ।  

आज रिभर फल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.६३ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १३ करोड ५ लाख बराबरको कारोबार भएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत