दृष्‍टिकोण

उठ्नेबित्तीकै ट्विटरमा भाइरल — प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । टङटङ्ग घण्टीले बजायो म उठेँ । मोबाइलमा भाइरलसरी आइरहेका थिए स्टाटसहरू ।

खोलेर हेरेँ "प्रधानमन्त्री ओलीद्वारा राजीनामा ।"

देशमा राजनीतिक गर्मी बढेकाे समयमा हुनपनि सक्छ भन्दै साेच्न वाध्य बनेँ । तर विहानविहान !

म भेरिफाई गर्न थालेँ । अरुतिर त रैनछन् ।

त्यसैबिचमा होस आयो मेरो, आज त अप्रिल फूल (मूर्ख दिवस) पो हो त ।

मूर्ख दिवसमा विहानविहान प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबाट सुरु भयो आजको दिन । सम्झँदैछु दिनभरमा कति मूर्ख बन्ने र बनाइने हुन् ।

मूर्ख दिवसमा विशेषगरी गाइजात्रा जस्तै नेताहरुमाथि प्रहार नमज्जाले गरिन्छ । चारैतिरबाट नेताको दिन आज मूर्ख बनिरहने हो । उनीहरुलाई आजको दिन गाह्रो छ । विश्वमा पनि याे दिनका धेरै स्मरणहरू ताजै छन् ।

मूर्ख दिवस भन्दै अनर्थ लाग्ने ढँटाईले कयौँलाई कष्ट थपेका घटनाहरु यो दिनमा भोगिँदै आएको पनि पाइन्छ । 

दिवस भन्दै वाइयात कुरालाई मूर्ख दिवस नमनाऊँ, संरचना र जीवन नै जोखिममा ल्याएर दिवस नमनाउँ ।

शुभकामना ।।

रूद्रप्रसाद भट्टराई

Prem Singh Dhami लेख्नुहुन्छ १९ चैत, २०७७ ०९:५८ am

गजब

Shekhar Dhungel लेख्नुहुन्छ १९ चैत, २०७७ ०९:३१ am

APRIL FOOL CONGRATULATION

Som Nath Adhikari लेख्नुहुन्छ १९ चैत, २०७७ ०९:३० am

April full

तपाईँको मत