दृष्‍टिकोण

कोरोनाभाइरसको असर : जनसँगै वैश्विक अर्थतन्त्र चौपट हुने आशंका

काठमाडौँ । कोरोनाभाइरस चीन बाहिर पनि युद्धस्तरमा फैलनाले वैश्विक अर्थव्यवस्थामा चिन्ता थपिदिएको छ ।

अहिले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक जस्ता वैश्विक वित्तीय संस्थालाई पनि यो चुनौतिको सामना गर्न मुश्किल भइरहेको छ । 

शेयर बजार, पर्यटन र परिवहनसमेत चौतर्फि असरबाट कम्पनीहरु बन्द हुन थालेका छन् । संयुक्त राष्ट्र संघको एक प्रतिवेदन अनुसार भारत पनि ति १५ देशको सूचीमा छ जसको अर्थव्यवस्थामा कोरोनाभाइरसको असरले नोक्सानी बेहोर्नुपर्ने छ । 

नेपाल चीन र भारतको छिमेकी भएका कारणले पनि औषधिलगायतका सामाग्रीको अभाव हुन थालिसकेको छ । बजारमा सुनसान देखिन थालेको छ । अर्थात अभावको सुरुवात देखिइसकेको छ । मनाेबैज्ञानिक त्रासले त्यतिबेला टर्चर दियाे जब विश्व स्वास्थ्य संगठनले नेपालकाे अवस्था दर्शायाे ।

अहिले त्यसकै प्रभावले सडकदेखि सदनसम्म काेराेनाभाइरसकै चर्चा चुलिएकाे छ । याे मामलामा सरकार पनि चनाखाे भएकाे छ ।

कोरोनाभाइरसको असरले थलिएको छ पर्यटन तथा एयरलाइन्स क्षेत्र । यो क्षेत्रमा एयरलाइन्सलाई विश्वमा ११३ अर्ब डलर नोक्सानी हुने आशंका गरिएको छ । पर्यटन क्षेत्रमा पर्यटक नआउने भएकाले पनि होटल तथा रेष्टुरेन्ट, उत्पादनमा नराम्रो क्षति पुग्ने आशंका गरिएको छ । नेपालले पनि २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको भिजिट नेपाल २०२० पनि स्थगन गरेको छ ।

यस्तै वैश्विक निर्यातकर्तालाई ५० अर्बको नोक्सानी हुने आशंका गरिएको छ । नोक्सानी बेहोर्नेमा भारत १५ औँ देशको सूचीमा छ ।

वैश्विक बजारमा कोरोनाभाइरसको प्रभावसँगै सानो अर्थतन्त्र रहेको नेपालमा रसायन, कपडा, वाहन, धातु, काठ, इलेक्ट्रिकल्स, तेलजन्य पदार्थ, औषधी, खाद्यान्न, विद्युत, यातायात, एयरलाइन्स, होटल तथा पर्यटन क्षेत्र, कच्चा पदार्थ, शिक्षण संस्था, रोजगार कम्पनी तथा उद्योगजस्ता क्षेत्रमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

वैश्विक हवाई यात्रुको संख्यामा गिरावट आएको छ । पछिल्लो ११ वर्षमा यो संख्या अर्को घटना भएको छ ।

सन् २००८ को वैश्विक मन्दीपछि संसारमा शेयर बजारमा भारी गिरावट आएको छ । बजार स्वाट्टै ओरालो लागेको छ । यसको असरले कम्पनीहरुले कर्जा तिर्न नसक्ने हुनसक्छ । यसले १.७६ लाख करोड कर्जा असुल नहुन सक्छ ।

कोरोनाभाइरसको चपेटामा ब्रिटेनको विमान कम्पनी फ्लाइबले बिहिबार बन्द हुने घोषणा गर्यो । भाइरसको असरका कारण यात्रिको संख्यामा कमीका कारण बन्द गर्ने निर्णय गरेको हो । सन् २००८ को वैश्विक मन्दीपछि यो पहिलो घटना हो । फ्लाइ यूरोपमा ४३ स्थानमा सेवा दिने संस्था हो । 

कोरोनाभाइरसका कारण यूरोपियन यूनियन १.७६ लाख करोड, अमेरिका ६७.२ हजार करोड, जापान ६०.८ करोड, दक्षिण कोरिया ४४.४८ हजार करोड, चीन ३०.४ हजार करोड, भियतनाम २६.८८ हजार करोड, भारत ४ हजार करोड र नेपालमा पनि अनुमान गर्न सकिन्छ कि लगभग २ हजार करोड नाेक्सानी हुनेछ ।

अन्तर्राष्ट्रिय हवाई परिवहन संघ (आईएटीए) का अनुसार कोरोनाभाइरसको प्रभावबाट एयरलाइन्स उद्योगमा सन् २०२० मा राजस्वमा ११३ अर्ब डलरको घाटा लाग्न सक्छ । पछिल्लो ११ वर्षको रेकर्डमा यो पछिल्लो झट्का हो, यात्रिको संख्यामा भारी गिरावट आएको छ, उसले भनेको छ ।

उता तेल उत्पादक देशको संगठन ओपेकले बैठक गरेको छ । कोरोनाभाइरसको कारण कच्चा तेलमा आएको कमी र प्रचुर मात्रामा उपलब्धताका कारण यसको मूल्यमा पनि दवाव छ । यसको अर्थ हुन्छ अब तेल उत्पादनमा कटौति आउने छ । 

वैश्विक बजारमा कोरोनाभाइरसको प्रभावसँगै सानो अर्थतन्त्र रहेको नेपालमा रसायन, कपडा, वाहन, धातु, काठ, इलेक्ट्रिकल्स, तेलजन्य पदार्थ, औषधी, खाद्यान्न, विद्युत, यातायात, एयरलाइन्स, होटल तथा पर्यटन क्षेत्र, कच्चा पदार्थ, शिक्षण संस्था, रोजगार कम्पनी तथा उद्योगजस्ता क्षेत्रमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

यसकाे सामना गर्न राज्य युद्धस्तरमा लाग्नुपर्ने देखिन्छ ।
 

रूद्रप्रसाद भट्टराई

तपाईँको मत