दृष्‍टिकोण

जन अस्तायाे, खेतबारी छैन, जागिर गुम्याे, अब कसरी जीविका चलाउने !

काठमाडाैँ । काेराेना कहरले थिलाे बनाइरहेकाे बेला बाढी र पहिराेले वितण्ड मच्चाउन थालेकाे छ । जन र धन यसले पनि स्वाहाः पारिरहेकाे छ । हुन त याे समस्या प्रत्येक वर्षकै हाे । तरपनि दिर्घकालीन याेजनाले साथ नपाउँदा यसैमाथि राजनीति र अर्थतन्त्र साेहाेर्न छाडिएकाे छैन । याे वास्तविकता हाे ।

भाइरसकाे प्रभावले २० लाख बढीकाे राेजगारी गुम्दा यहाँ कसैलाई चिन्ता छैन तर पार्टीकाे नाैटंकी यहाँका प्राथमिकतामा परिरहेका छन् । मर्का पर्नेकाे उद्धार त कता हाे कता ३ केजी चामल दिएकाे तस्बिर संजालमा हाल्न तँछाडमछाड छ । असारे र डाेजरे अविकासकाे बाढीले न जनताकाे उत्थान नै भएकाे छ न हुने वाला नै छ ।

यावत विषयमा लेख्ने र बाेल्नेकाे शब्द सकियाे हाेला तर जस्ताकाे तस्तै । जुनसुकै व्यवस्था आएपनि अवस्था नसुध्रिँदा सानाे विपतपनि टार्न हामीलाई कठिन मात्र हाेइन महाकठिन बनेकाे छ । समस्या एकवर्षकाे मात्र हाेइन, रैपनि हाम्रा याेजना र गतिविधि दिगाे छैनन् । प्राथमिकताका कुरा कुनामा थन्क्याइन्छन अनि गिटी र बालूवा बेच्ने कुरा गर्छन् । 

बेच्ने भए खै अहिलेसम्म पानी बेचेकाे ? तर विडम्बना देशमै खानेपानीकाे सुविधा सबैठाउँ छैन, भएपनि दुःखकाे पहाड छ । गर्नुपर्ने र सम्भव कुरा पाखा लगाउने अनि नहुने र बिग्रने कुरालाई प्राथमिकतामा पारिँदा देश उँट बन्न लागेकाे छ ।

अब त मनन् गराैँ, हाम्राे देशमा प्रत्येक दिन भूइँचालाे आउँछ, बाढी पहिराे आउँछ । तरपनि हाम्रा याेजना तिमुखी किन छैनन् ? समस्या कहाँ हाे ? खाेजिनीति गर्ने बेला सकिएन ? सकिएकाे, जानिएकाे भए खै त त्यसतर्फका काम र कारवाही ? दाेषी काे ? अब कतिदिन चुप लागेर बस्ने ?

याे विषम अवस्थामा काम गर्ने उमेर समूहकाे राेजगारी गुमेकाे छ । काम गर्नेले पनि थाेरै पैसामा काम गरिरहेका छन् । देशमा उद्याेगकाे अवस्था सम्झँदा उदेक लाग्छ । खेत बारीपनि छैन अब भन्नुहाेस् त्याे जनसंख्या अहिले कसरी बाँचिरहेकाे हाेला ? याे कुरा साेच्नेपनि फुर्सद छैन हाम्रा नेतालाई, सरकारलाई । यदि हुँदाे हाे भने त उसकाे पहुँच थियाे नि हाेइन ? उनीहरूमा आर्थिक, सामाजिक र मनाेवैज्ञानिक अभाव कति हाेला, अनुमान गर्नुभएकाे छ ?

यसकारण अब बुझाैँ, यहाँ सरकारले केहि गर्दैन । आफैँले गर्ने हाे । कसैकाे आशा नगराैँ, लगानी कृषिमा गराैँ । याे कहिले बन्दपनि हुँदैन र भाेकले मर्नुपनि पर्दैन । यी अन्य सबै दखावटी हुन्, माटाेकाे शक्तिभन्दा अरू कुनै नहुने रहेछ । त्यसमै रमाउँ, अरूकाे देखासिखी र ग्राहक बढाउनमा लागिपरेकाकाे पछि नपराैँ । देखावटीमा हाेइन, उत्पादनमुखी र आत्मनिर्भर हुने कृषिकै बाटाे तय गराैँ ।

आव २०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७४.२ प्रतिशत रहने अनुमान गरिएको छ । आव २०७६/७७ मा योगदान क्रमशः २६.२ र ७३.८ प्रतिशत रहेको थियो । आव २०७७/७८ मा कुल गार्हस्थ उत्पादन (आधारभूत मूल्यमा) को वृद्धिदरमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २०.२ प्रतिशत, १९.६ प्रतशित र ६०.२ प्रतिशत रहने अनुमान छ । गत आवमा कृषि क्षेत्रको योगदान ३०.७ प्रतिशत रहेको थियो भने उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २७.४ प्रतिशत र १०३.२ प्रतिशतले ऋणात्मक थियो । याे हेरिनसक्नु तथ्यांकमा हाम्रै याेगदान अगतिलाे भएर हाे भन्ने अब बुझ्ने कि अझै बेला भएकाे छैन ।

आफूसँग भएकाे चाहिँ हामी हेप्ने अनि हेपिने अनि अरूकाे भरमा चल्दाकाे परिणाम हाे याे । यदि कृषि क्षेत्रकाे याेगदान क्रमशः बढाएकाे भए आज याे दिनकाे सामना गर्नुपर्ने हुन्थेन । विपत्तले हामीलाई  हल्लाउन पनि सक्ने थिएन र राहत माग्न निस्कनु पर्ने थिएन । तर के मिलेन मिलेन यी सब सपना हुँदै गए । युवापुस्ता खाडीमा यहाँ भएका पनि बाँझाे जमिन अनि कृषि क्षेत्रकाे याेगदान दिनकै ऋृणात्मक । समयमा बीउ दिएकाे भए, रसायनिक मल, सिंचाइ सुविधा भएकाे र भण्डारण हुँदै बजारकाे व्यवस्थितता भएकाे भए जनता काेरिया नगएर खाेरिया खनेर बस्ने थिए, यहिँ रमाउने थिए । तर यसाे भएन । माफियाले झनै ध्वस्त बनाएका छन्, साथ दिएकाे छ सरकारले ।

कवि दैवज्ञराज न्यौपानेले लेखेकाे कविता ‘किसान रहर’- "सानो छ खेत सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साझ र बिहान" अहिले आएर "सानाे छ खेत सानाे छ बारी सानै छ जहान सानाे छ देश ठूलाे छ सरकार तर अटेनन् किसान ?" मा परिणत गरेका छन् । जसकाे सरापपनि हामीले भाेगिरहेकाे त हाेइन ?

के गर्ने राेइलाे गरेरपनि केहि हुनेवाला छैन, किनकी गर्ने आफैँले हाे । सक्नेका हजार दिन, नसक्नेका कुनैदिन अत्ताेपत्ताे छैन । किनकी सक्नेले खाेला बेचेका छन्, हामीपनि देखासिकीमा खेतलाई बारी र अर्ध्व सहर अनि सहर अनि नसक्ने भएपछि गाउँ राेज्दै हिँडेका छाैँ । हैन ?

अब बुझाैँ हाम्राे औकात कृषि नै हाे । बडेमानका सहर र जीवनशैली यी सब देखावटी हुन् । कृषिले नै जीवन सहज र सरल बन्ने गर्छ । याे हाम्राे धरातल हाे । बचाउँ अनि बाँचाैँ ।

रूद्रप्रसाद भट्टराई

तपाईँको मत