दृष्‍टिकोण

देउवा सत्ताराेहणकाे पाँचाैँ संस्करण, यत्ति गरे पुग्छ.. बार्दलीबाट भुक्नु पर्दैन

काठमाडाैँ । पाँचौँ पटक सरकारको नेतृत्व गर्न पुनः शेरबहादुर देउवालाई नेपाली राजनीतिले खोजीखोजी ल्याएको छ । अनेक आरोह अनि अवरोह खेपेका देउवा यो संस्करणमा आइपुगेका छन्, सायदै सोचिएको विषय थियो । तर के गर्ने ? बहुमतिय सरकारले तमासा देखाएपछिकाे अवस्थाले उनैलाई ल्यायो र विश्वासको मतपनि पाइहाले ।

विषम अवस्थामा संयुक्त सरकारकाे नेतृत्व उनकाे काँधमा परेकाे छ र अबका करिब १.५ वर्ष उनले देश हिँडाउने पक्का भएकाे छ, निर्वाचन सम्पन्न भइन्जेलसम्म । नेपालका दल न हुन्, कहिले यता कहिले उता । कतिबेला के हुन्छ यीनलाई पनि कहाँ थाहा छ र !

काेराेना कहरले थिलाे बनाएकाे याे समयमा देउवासँग जनताले धेरै आशा त गरेका छैनन् तर यि कुरा उनले गर्नैपर्ने हुन्छ । यसबीचमा नराम्राेबाट बच्न सकेमा देउवाकाे याे सत्तराेहण भावी पूस्ताकाे लागि फलदायी हुने देखिन्छ । साथै अहिलेसम्मका नराम्रा कुरा पखाल्ने समय बन्नेछ ।

पहिलाे कामः देउवा नेतृत्वकाे सरकारले सम्पूर्ण नेपालीलाई सहज तरिकाले काेराेना खाेप लगाउनु पर्छ । काेराेना उपचार निःशुल्क र पहुँचयाेग्य बनाउने, मृतककाे परिवारलाई उचित क्षतिपूर्तिकाे व्यवस्था गर्ने ।

दाेस्राे कामः  महामारीका कारण हरेक क्षेत्रमा गुमेकाे राेजगारी सके पुनःस्थापना नसके अरू विकल्पमा अल्पकाललाई भएपनि व्यवस्था गर्ने । डामाडाेल भएकाे अर्थतन्त्र उकास्न, मर्का परेका वर्गकाे पहिचान गरी उनीहरूलाई तत्कालै सहयाेगकाे व्यवस्था गर्ने ।

तेस्राे कामः मन्त्री तथा राजदूत, अन्य नियुक्तिमा कम बिग्रिएका र भविश्य खाेज्नेलाई चयन गर्ने । अथवा नियुक्तिमा मापदण्ड राखेर याेग्यता र क्षमताका आधारमा चयन गर्ने ।

चाैथाे कामः भ्रष्टाचार हदैसम्म राेक्ने, ठूला माछा समातेर साे रकम विकासमा लगाउने ।

पाँचाैँ कामः काम हुँदै गरेका परियाेजनाहरूकाे चुस्तता र पारदर्शितामा समय खर्चने । आसेपासेमा नभएर जनताकेन्द्रित काम गर्ने ।

याे महामारीकाे समयमा यहाँभन्दा जनताले याे सरकारसँग अरू आशा गरेका छैनन् । समयको महत्वलाई आत्मसात गर्दै सबैलाई समेट्न सक्ने प्याकेज अहिलेकाे अनिवार्यता हाे । अघिल्ला सरकारकाे गल्ति कमजाेरीबाट पाठ सिक्दै अगाडि बढ्न सके देउवा सरकारकाे पाँचाैँ संस्करणले पार्टी र समग्र देशकाे भविश्य परिवर्तन गर्न सक्छ । थितिमा महशुष हुने किसिमले नै परिवर्तन ल्याउन सक्छन् । कहिँकतै घमण्ड नदेखाउने, देखाउनेकाे अवस्था हेर्ने गरेमा बार्दलीबाट भुक्ने अवस्था आउँदैन ।

अरू चाहिँ पर्दैन.......!

रूद्रप्रसाद भट्टराई

पशुपती पान्डे लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:१५ pm

छाेटाे तर मिठाे टिप्पणीकाे लागि लेखकलाइ धन्यवाद । यहि हाे सत्यता ।

विपिन धिताल लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:१३ pm

देउवा नेतृत्वकाे सरकारले सम्पूर्ण नेपालीलाई सहज तरिकाले काेराेना खाेप लगाउनु पर्छ । काेराेना उपचार निःशुल्क र पहुँचयाेग्य बनाउने, मृतककाे परिवारलाई उचित क्षतिपूर्तिकाे व्यवस्था गर्ने । अरू पर्दैन.....................

नानी मैयाँ लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:१२ pm

त्याे पर्दैन....

Tau Prasad Gurung लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:११ pm

ailee sammaka dhabba pakhalengari kam garnuhola...suvakamana...aahami nahunuhola.

Udhdav Adhikari लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:१० pm

Best wishes for hero of nation.

कृष्ण बहादुर तिमल्सिना लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:१० pm

शुभकामना सभापति ज्यू । धेरै काम गर्नुहाेस् । खाेप पहिला है...

कमल पंगेनी लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:०९ pm

पार्टीकाे महाधिवेशन चाहिँ नधकल्नुहाेस् है फेरी ।

Yubaraj Shrestha लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:०८ pm

दउवा जी अवसर छ काम गर्नुहाेस् ।

Jayaram Bidari लेख्नुहुन्छ ४ श्रावण, २०७८ १०:०५ pm

सान्दर्भिक र सार्थक सुझाव सहितको उचित लेख

तपाईँको मत