लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- गाउँ सहर संवाददाता
- १७ बैशाख सोमबार, २०८१ | १२:१९:०० मा प्रकाशित
काठमाडौं । आइतबारदेखि जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् ।
बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा गरिरहेका छन् ।
अहिले ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, नवीन वित्तीय परिदृश्य, नेपालको व्यापारमा हरित र जलवायु उत्थानशीलता र लगानीका अवसरहरू, राम्रो पूर्वाधार र यातायात निर्माणसम्बन्धी’ विषयक सत्र सञ्चालन भइरहेका छन् ।
यसपछिको सत्रमा दिगो लगानीका लागि हरित वित्तको उपयोग, पर्यटन क्षेत्रमा लगानी, निर्यात वृद्धिका लागि नेपालको कृषि प्रशोधनको सम्भावनाका विषयमा छलफल सत्र सञ्चालन हुने छ । यसैगरी अन्तिम विभिन्न चार विषयका समानान्तर सत्र सञ्चालन हुनेछन् ।
त्यसमा उत्पादनमा नवप्रवद्र्धन र वृद्धि, नेपालको स्टार्टअप वातावरण र व्यापार सहज, जीवन्त लगानीका लागि उत्कृष्ट मञ्च विषयमा छलफल हुनेछ । एग्रिफुड प्रणाली परिवर्तनमा लगानी र उचित बजारीकरणका सम्बन्धमा साइड इभेन्ट सञ्चालन हुनेछ । सबै सत्रका छलफलपछि आज साँझ सम्मेलनको समापन समारोह हुने लगानी बोर्डको सचिवालयले जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गफै त हाे : पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्याइने
- गफै त हाे : पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्याइने
- बैंकहरूकाे ब्याजदरमा परिवर्तन, यस्ताे छ बैंकअनुसार निक्षेपको ब्याजदर
- काठमाडाैं महानगरकाे निःशुल्क सीप तालिम लिन ६८ हजार जनाभन्दा धेरैको आवेदन
- कांग्रेसको अवरोधले चल्न सकेन संसद्, जेठ ३ गतेसम्मलाई स्थगित
- हेर्दाहेर्दैमा सन्दीपविरुद्धको मुद्दा, फैसला भोलि नै आउन सक्ने
- आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- राष्ट्रिय वाणिज्य बैंककाे यस्ताे छ नयाँ व्याजदर प्रतिशत
- नीति तथा कार्यक्रम : कृषि लगानी दशक घोषणा
- नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (LIVE)
प्रतिकृया दिनुहोस