विपिन रावतको अन्त्येष्टि शुक्रबार गरिने
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १०:४६:०० मा प्रकाशित

एजेन्सी । हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्व सेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानकारी दिएको हो । उनको शव आज बिहीबार दिल्ली ल्याइँदैछ ।
रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनवरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए। रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस