पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको ज्यान गयाे
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०८२ | ०७:३२:०० मा प्रकाशित
पाल्पा । पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार (चालक), सोही स्थानका २६ वर्षीय सुनिल बि.क., रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका चिदीलाई उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार राति माथागढी गाउँपालिका–४ झडेवाबाट वडा नम्बर ७ रहबासतर्फ रहेको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित चार जना सवार थिए।
दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो, जहाँ तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनाग्रस्त टिप्पर सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस