बैतडी जन्ती बोकेको बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
- गाउँ सहर संवाददाता
- २३ माघ शुक्रबार, २०८२ | ०७:४६:०० मा प्रकाशित
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा– ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा दुर्घटना भएको हो ।
पवनदुत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सख्या १३ पुगेको छ।
घटना स्थलमै मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ बस्ने ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोक जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी रहेका छन् ।
यस्तै केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका- ७ बस्ने ४० बर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका– बस्ने ४० बर्षीय पुष्पा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्ररही नायव निरीक्षक बल्देब बडुले जानकारी दिए ।
४५ जनाको उद्दार गरी ४० (१३ महिला २७ पुरुष) जनालाई थप उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको र ५ जना पुर्चौडीकै कोटीला स्वास्थ्य चौकी पठाएको प्रहरीले जनाएको छ ।
डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङको विथ्थडचिर गाउँपालिका – ७ का १७ बर्षीय विशनदत्त जोशी, सोही ठाउँका अन्ताजी २८ बर्षीय दीपकराज जोशी, अन्दाजी ४५ बर्षीय किसनदत्त जोशी, केदारस्यु गाउँपालिका–७ का २७ बर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ बर्षीय सुशील जोशी रहेका प्रवक्ता बडूले बताए ।
बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल रहेका प्रहरीले जनाएको छ । बसको प्रेसरपाइप फुटेर उकालोमा अत्याधिक भारका कारण दुर्घटना भएको उद्धारमा खटिएका शसस्त्र प्रहरीवलको अनुमान छ ।
बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । घटनास्थलमा स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो। मृतकको संख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस