दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
- रासस
- १७ असोज शनिबार, २०८३ | १६:२१:०० मा प्रकाशित
नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेस्थित एस मोडमा आज बिहान पल्टिएको थियो । दुर्घटनामा १२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
पण्डितका अनुसार दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते १२ जनामध्ये मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा प्रारम्भिक उपचारपछि आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ ।
मध्यविन्दु प्रादेशिक अस्पतालले आज दिउँसो जारी गरेको विज्ञप्तिअनुसार चार जना घाइतेलाई भने अस्पतालमै भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ । आवश्यकताअनुसार थप विशेषज्ञ उपचार आवश्यक भएका बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति सम्पूर्ण सूचनाकाे राष्ट्रिय सञ्जाल हाे ।
- मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन
- म्याग्दीको मङ्गला गाउँपालिकामा बाटाे खुलेको १४ वर्षपछि स्तरोन्नति
- पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा
- गाउँमा सडक पुग्यो, मासिए सम्पदा, नामोनिसान पनि मेटिए
- “निजी क्षेत्रले सातवर्षमा सय खर्बको जिडिपी बनाउने भन्नु र हामीले पाँच वर्षमा ८० खर्ब भन्नु उस्तै हो”
- मनाङको तापक्रम माइनस १६
- अन्तरजातीय विवाह गरेका एक जोडीलाई एक लाख
- दसैँकाे बेला किसानलाई धान भित्राउने चटारो
- हल गोरु पाल्ने किसानलाई चार हजार रुपैयाँ अनुदान
- पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्याे, कहाँ-कति ?
प्रतिकृया दिनुहोस