विश्व
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन
- गाउँ सहर संवाददाता
- १५ पौष मंगलबार, २०८२ | ०७:५७:०० मा प्रकाशित
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
बंगलादेशको नेशनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत् उनको निधन पुष्टि गरेको हो ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, बिहानी नमाजको केही समयपछि निधन भयो ।’
पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए । खालिदा पछिल्लो केही महिनायता अस्वस्थ थिइन् ।
चार दशकभन्दा लामो समयदेखि उनी बंगलादेशको राजनीतिमा सक्रिय खालिदाले आफ्ना पतिको मृत्युपछि बीएनपीको नेतृत्व आफ्नो हातमा लिएकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस