खोटाङमा हेलिकोप्टर दुर्घटना
- गाउँ सहर संवाददाता
- ४ चैत बुधबार, २०८२ | १३:४९:०० मा प्रकाशित
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताए । उनले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।
कल साइन नम्बर ‘९-एनएफक्यू’ भएको हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भएर कान्लामा ठोक्किन गएपछि दुर्घटनाग्रस्त भएको हो।
चालकले भिरालो ठाउँको गरामा अवतरण गर्ने प्रयास गरेका थिए। आकाशबाट सन्तुलित रुपमा भुइँमा आइपुगेपछि असन्तुलित भएर हेलिकोप्टरको टाउको माटोमा जोतिएको थियो।
दुर्घटना हुन खोजेपछि पछि चालकले सन्तुलनमा ल्याएर अवतरण गर्ने प्रयास गरेका थिए। सो क्रममा फेरि हेलिकोप्टर गराको माथिल्लो भागमा पुगेको थियो। त्यही बेला सन्तुलनमा ल्याउन कोसिस गर्दागर्दै हेलिकोप्टर घुमेर अगाडिको कान्लामा ठोक्किन पुगेको थियो। ठोक्किएर हेलिकोप्टर उत्तानो परेर लड्यो। दुर्घटना भएको नजिक घरहरु छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस