सेवा
४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- गाउँ सहर संवाददाता
- ३० असोज शुक्रबार, २०८३ | ०९:५६:०० मा प्रकाशित
काठमाडौँ । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ रुपैयाँसम्मका प्याकेज सार्वजनिक गरेको हो ।
नयाँ योजनाअन्तर्गत ३० एमबीपीएसको वार्षिक प्याकेज ४ हजार ९९९ रुपैयाँमै उपलब्ध हुनेछ ।
त्यस्तै, ‘वाइफाइ ६ इन्डिभिजुअल प्याकेज’ अन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवाका लागि १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
नेपाल टेलिकमका अनुसार नयाँ प्याकेज असोज आज ३० देखि लागू भएका छन् । यी सबै प्याकेजको समयावधि १२ महिना हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
प्रतिकृया दिनुहोस