राजनीति

गगन थापाले आज सभापतिको शपथ लिने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आज शपथग्रहण गर्ने भएका छन्। शपथ लिएसँगै उनले आजै पदबहाली गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

दशैँको फूलपातीका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको हो। शपथग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

कांग्रेसले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दशैँपछि गराउने जनाएको छ। महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत