कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- गाउँ सहर संवाददाता
- २९ असोज बिहीबार, २०८३ | १०:५७:०० मा प्रकाशित
काठमाडौं । कपन नेवाः पुचःको आयोजनामा विजयादशमीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। रमाइलो र सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले एकअर्कालाई दसैँको शुभकामना व्यक्त गर्नुका साथै नेवारी कला, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका छन्।
कार्यक्रममा कपन नेवाः पुचःमा आबद्ध उपस्थित महिलाहरूलाई नेवारी संस्कृति झल्किने साडी उपहारस्वरूप प्रदान गरिएको थियो। चाडपर्वको खुसी साटासाट गर्ने र समुदायबीच आपसी सद्भाव तथा एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाका सल्लाहकार शिव श्रेष्ठले नेवारी कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले देशमा शान्ति, विकास र सामाजिक सद्भाव कायम गर्न सबै समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
त्यसैगरी, संस्थाका अध्यक्ष सूर्य खड्गी तथा कार्यसमिति सदस्यहरू रेशम श्रेष्ठ र मोहनराज श्रेष्ठले पनि कार्यक्रममा आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन पम्फा श्रेष्ठले गरेकी थिइन्।
कपन नेवाः पुचः काठमाडौंको कपन क्षेत्रमा विभिन्न जिल्लाबाट आई बसोबास गर्दै आएका नेवार समुदायका सदस्यहरूको साझा संस्थाका रूपमा क्रियाशील रहँदै आएको छ। संस्थाले नेवारी कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सेवाका गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ।
संस्थाले विगतमा रक्तदान शिविर आयोजना गर्नुका साथै रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याएको थियो। बाढीपीडितको सहयोगार्थ संस्थाका प्रतिनिधिहरू उत्तरगया, स्यावाडाँडा र बेत्रावती क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरेका थिए।
संस्थाले आगामी दिनमा पनि सामाजिक सेवा, सांस्कृतिक संरक्षण र सामुदायिक एकतालाई प्राथमिकतामा राख्दै आफ्ना गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस