साेमबारकाे स्थिर शेयरबजारमा कसले कमाए, कसले गुमाए ?
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | १५:५४:०० मा प्रकाशित
काठमाडाैं । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ ।
यसदिन अघिल्लो कारोबार दिनजस्तै नेप्से सामान्य अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ अंक पुगेका दिन २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ९९१ रुपैयाँ कारोबार भएको छ ।
यो दिन ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस दिन कारोबारमा आएका ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन यूनियन हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त, ङादी ग्रुप, युनियन लाइफ इन्स्योरेन्स र हिमालयन पावर पार्टनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
सिद्धार्थ बैंक डिबेञ्चर, माछापुच्छ्रे बैंक डिबेञ्चर, मिर्मिरे लघुवित्त, सारथी नेपाल लघुवित्त, नेपाल फाइनान्सलगायतका कम्पनीहरूकाे शेयरमूल्य घटेकाे छ ।
त्यसैगरी, यस दिन व्यापार, होटल तथा पर्यटन र डेभलपमेन्ट बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, माथिल्लो तामाकोसी, अपि पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी सबैभन्दा अगाडि छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस