झन् झन् घट्दै शेयरबजार
- गाउँ सहर संवाददाता
- १५ बैशाख मंगलबार, २०८३ | १६:२८:०० मा प्रकाशित
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २७७० अंकमा झरेको छ । यसदिन २६.१६ अंक घटेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५३ करोडको भयो ।
मंगलबार जम्मा ४२ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने १४ को स्थिर रह्यो ।
कुनै पनि कम्पनीको मूल्यमा आज दोहोरो वृद्धिदर हुन सकेन । हिमालयन बैंक डिबेन्चर ८६ को मूल्य सबैभन्दा धेरै ६, साइन रेसुङ्गा विकास बैंक डिबेन्चरको ३.४०, सानिमा डिबेन्चर २०८९ को ३.१७ प्रतिशत मूल्य बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत घट्यो । रिजलाइन इनर्जीको १०.२७, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ९.९४, सिटी होटलको ९.२५ तथा भुजुङ हाइड्रोपावरको ८.५६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक छन् ।
बैंक तथा वित्तीय संस्थाहरूको वर्चस्व रहेको सेयर बजारमा ती संस्थाहरूको केही सकारात्मक वित्तीय विवरण सार्वजनिक हुँदा पनि बजारमा प्रभाव देखिएन ।
मंगलबार सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांशको नाफासँगै प्रतिसेयर आम्दानीमा सुधार आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस