शेयरबजार: ३ अर्ब पनि कम कारोबार रकम, नेप्से सामान्य अंकले बढ्याे
- गाउँ सहर संवाददाता
- २४ बैशाख बिहीबार, २०८३ | १६:०३:०० मा प्रकाशित
काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक करिब ७ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। बुधबार नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब १९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदि ३३४ वटा स्क्रिप्सको ६६ लाख ८४ हजार ७ वटा कित्ता २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम बुधबारको तुलनामा कम हो। कारोबारमा आएकामध्ये १५५ वटा स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
यसदिन स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाको सेयर १२.१९ प्रतिशतले बढ्दा फर्वार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर १३.२४ अंकले घट्यो।
साढे १७ करोड मूल्य बराबरको सेयर कारोबार गरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। नेसनल हाइड्रोपावर कम्पनी र रिलायन्स स्पिनिङ्ग मिल्सले १४/१४ करोडको सेयर कारोबार गर्दा सोलु हाइड्रोपावरले ८ करोड ५९ लाख र नगदी ग्रुप पावरले ८ करोड १५ लाख मूल्य बराबरको सेयर कारोबार गरे।
आज पाँच समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए। फाइनान्स,इन्भेस्टमेन्ट,मनु एण्ड प्रो,म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्सको उपसूचक घट्दा अरु समूहको उपसूचक वृद्धि भए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस