सेयर बजारमा सामान्य अंककाे सुधार भएपनि काराेबार खुम्चियाे
- गाउँ सहर संवाददाता
- २२ बैशाख मंगलबार, २०८३ | १५:२२:०० मा प्रकाशित
काठमाडौं । विगत ४ दिन लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ ।
आज बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.७८ अंक बढेको हो । सो वृद्धिसँगै नेप्से परिसूचक २७१२ अंकमा कायम भएको छ । अघिल्लो दिन बजार ३४ अंक घटेको थियो । कारोबारका क्रममा दिउँसो १२ : ४० बजे नेप्से २७२५ अंकसम्म पुगे पनि टिक्न सकेन । २७२५ नै दिनभरको लागि अधिकतम अंक रह्यो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४३ करोडमा खुम्चियो । १६२ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १६ को स्थिर रह्यो ।
माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ११.१६ प्रतिशत बढ्यो । त्यस्तै सोलु हाइड्रोपावरको ७.५६, धौलागिरि लघुवित्तको ७.०४ तथा झापा इनर्जीको ४.८० प्रतिशत मूल्य बढ्यो । फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशत घट्यो । सुपरखुदी हाइड्रोपावरको ३.१३ तथा रावा इनर्जीको ३ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र पाल्पा सिमेन्ट छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस